मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गर्भको बच्चा जन्माउने आइतबारलाई थियो `डेट´, तर दुर्घटनामा आमासहित गर्भमै गयो शिशुको ज्यान

गर्भको बच्चा जन्माउने आइतबारलाई थियो `डेट´, तर दुर्घटनामा आमासहित गर्भमै गयो शिशुको ज्यान

images
२०८२ आषाढ ७ गते, शनिवार
२०८२ आषाढ ७ गते, शनिवार
  • चितवन। कुनैकुनै दुर्घटना असामान्य हुन्छ। शनिबार चितवनमा यस्तै दुर्घटना भयो। जहाँ बच्चा जन्माउनका लागि चिकित्सकले दिएको `डेट´ को अघिल्लो दिन आज शनिबार एउटी आमाले बच्चा पेटमै हुँदै गर्दा दुर्घटनामा बजारिनु पर्यो।

    images

    हेटौँडाकी गर्भवती २७ वर्षीया उनी हुन रेनुका कँडेल। उनलाई चिकित्सकले आइतवार बच्चा जन्माउने `डेट´ तोकिदिएका थिए। सोही कारण शनिबार उनी सासू मैयाकुमारी र श्रीमान् सरोज पहाडीसहित हेटौंडाबाट इभी माइक्रो बस चडेर भरतपुर अस्पतालतर्फ निस्किइन।

    images

    हेटौंडाबाट सासू र श्रीमान् साथ लिएर चितवन भरतपुर हिडेकी उनी सवार ईभी माइक्रो शनिबार भरतपुर नपुग्दै चितवनकै भण्डारामा दुर्घटनामा पर्यो। उनीहरु सवार माइक्रो विपरीत दिशा तर्फबाट आएको बससँग ठक्कर खाँदा गर्भको शिशुसहित तीनैजनाको निधन भयो।

    कँडेलका आफन्त नवराज पहाडीले दुर्घटनमा परिवारका तीनै जनाको ज्यान गएको बताए। उनका अनुसार रेनुकाको पहिलो सन्ताल छोरी थिइन्। छोरीलाई उनीहरूले ससुराको साथ जिम्मा लगाएर दोस्रो सन्तान जन्माउन चितवन तर्फ आउँदै थिए।

    त्यस अघि  रेनुकाले नियमित चेकजाँच हेटौँडामा नै गराउँदै आएकी थिइन्। सन्तान जन्माउने समय आएकाले उनी परिवारसहित भरतपुर हिँडेको पहाडीले जानकारी दिए।

    `उनीहरूले चितवन त टेके तर भरतपुर अस्पताल पुग्न झण्डै २० किलोमिटर बाँकी छँदै भण्डारामा बससँग ठक्कर खाएर ज्यान गुमाए।´ आफन्त पहाडीले भने।

    शनिवार बिहान सवा १० बजे भएको सो दुर्घटनामा उनीहरूसहित ७ जनाले ज्यान गुमाएका छन्। धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.१-००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र.३-००१ ज २९९ नम्बरको इभी माइक्रो एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो।

    दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेहरूको चितवनस्थित विभिन्न अस्पतालमा उपचार जारी छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend