मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्ष, काठमाडौंमा `सिजाङ सांस्कृतिक सप्ताह´

नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्ष, काठमाडौंमा `सिजाङ सांस्कृतिक सप्ताह´

images
२०८२ आषाढ ७ गते, शनिवार
२०८२ आषाढ ७ गते, शनिवार
  • काठमाडौं। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा `सिजाङ सांस्कृतिक सप्ताह´ आयोजना गरिएको छ।

    images

    काठमाडौंमा आज एक कार्यक्रम आयोजना गर्दै ‘सिजाङ मिडिया ग्रुप’ ले साताब्यापी सिजाङ सांस्कृतिक सप्ताहको शुभारम्भ गरेको हो।

    images

    राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, नेपालका लागि चीनका राजदूत छन सोङ र सिजाङ अन्तराष्ट्रिय सांस्कृतकि सङ्घका उपाध्यक्ष लो च्युनले संयुक्त रुपमा सिजाङ सांस्कृतिक सप्ताहको उद्घाटन गरेका हुन।

    सो अवसरमा उपाध्यक्ष घिमिरेले प्रस्तुत कार्यक्रमबाट दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ तुल्याउन र जनस्तरीय मैत्रीलाई प्रगाढ बनाउन योगदान हुने विश्वास ब्यक्तगर्दै दुई देशबिचको सम्बन्ध थप मजबुत हुने बताइन।

    `नेपाल–चीन सम्बन्ध केबल कूटनीतिक सीमाभित्र सीमित छैन, यो सम्बन्ध साझा इतिहास, संस्कृति, धर्म, सभ्यता र जनजीवनको जगमा निर्माण भएको छ।´ घिमिरेले भनिन्।

    उनले नेपाल सँधै ‘एक चीन’ सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भुमीमा चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धतासमेत व्यक्त गरिन।

    `नेपाल सँधै एक चीन नीति प्रति प्रतिबद्ध छ, नेपाली भुमीका चीन विरोधी गतिविधि हुन दिइने छैन।´ उनले सम्बोधनका क्रममा भनिन्।

    यसैगरी नेपालका लागि चीनका राजदूत छन सोङले चीन जनताको आकाङ्क्षाअनुरुप विकासको पथमा अघि बढिरहेको बताए।

    उनले आर्थिक विकास, सामाजिक सद्भाव, पर्यटन पव्रद्धन, भौतिक पूर्वाधार निर्माण, यातायात सञ्जाल विस्तार, सूचना प्रविधिको विकासलाई चीनले तीव्रता दिँदै आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको जानकारी दिए।

    कार्यक्रममा सिजाङ अन्तरराष्ट्रिय सांस्कृतिक सङ्घका उपाध्यक्ष लो च्युनले नेपाल र चीनबीच झण्डै दुई हजार वर्षदेखिको सांस्कृतिक सम्बन्ध रहँदै आएको बताए।

    उनले सरकारीस्तरका साथै जनस्तरमा पनि दुई देशबिचको सम्बन्ध झाङ्गिँदै गएको बताउँदै दुई देशबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य जनहितका क्षेत्रमा भएका कामले आपसी सम्बन्धलाई अझ विस्तार गरेको धारणा राखे।

    उद्घाटन समारोहमा विविध सांस्कृतिक कार्यक्रमका साथै सिजाङ क्षेत्रको भौगोलिक विविधता, रहनसहन, कला संस्कृति, वेशभूषा, पूर्वाधार निर्माणलगायत सिजाङसँग सम्बन्धित तस्बिर प्रदर्शन गरिएको थियो भने कार्यक्रममा नेपाली संचार क्षेत्रका विशिष्ट ब्यक्तिहरुको समेत उपस्थिति थियो। सिजाङ सांस्कृतिक सप्ताह २३ जुनसम्म होटल याक एन्ड यतिमा आयोजना हुनेछ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend