मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ : उपाध्यक्ष घिमिरे

नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ : उपाध्यक्ष घिमिरे

images
२०८२ आषाढ ७ गते, शनिवार
२०८२ आषाढ ७ गते, शनिवार
  • काठमाण्डौं। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताएकी छन।

    images

    नेपाल र चीन बिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा काठमाण्डौंमा शनिबार आयोजना गरिएको “अ विन्डो टु चाईना सिजाङ” कार्यक्रमलाई सम्बोधन गर्दै एक चीन निती प्रतिको प्रतिबद्धता दोहोर्‍याएकी हुन।

    images

    उपाध्यक्ष घिमिरेले एक चीन नीतिमा नेपालको आधारभूत अडानलाई आन्तरिक र बाह्य परिस्थितिको बदलावले प्रभाव नपार्ने बताउँदै नेपालको भूमिमा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरिन।

    ‘नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ।, हाम्रो प्रतिबद्धता बलियो, स्पष्ट, सीधा र अटल छ, हाम्रो भूमिमा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो प्रतिबद्धता दोहोर्याउन चाहन्छौँ।’ राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले भनिन।

    उनले नेपालको  सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताउँदै भेटले नेपाल–चीन सम्बन्धका बारेमा जानकारी आदानप्रदानका साथै द्विपक्षीय सम्बन्धलाई थप प्रवर्द्धन र पारस्परिक हितका लागि सहयोग गर्ने विषयमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास लिएको बताइन।

    तिब्बत आफैमा चित्रकला त्यसमा पनि बौद्ध धर्म सम्बन्धी कला सामग्रीहरू, मौलिक र परम्परागत तिब्बती लोकसंगीत, नृत्यका कारण धनी रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले कार्यक्रमले हिमाली सौन्दर्य, परम्परा र परिवर्तन जस्ता विषयवस्तुका बारेमा सबैलाई जानकारी गराउन तथा तिब्बतलाई नजिकबाट बुझ्न सहयोग पुग्ने बिश्वास ब्यक्त गरिन।

    नेपालकी राजकुमारी भृकुटी र तिब्बती राजा सोंछेन गम्पोबीचको विवाहले नेपाली कला र संस्कृतिलाई तिब्बतमा प्रवाह गरेको बताउँदै तिब्बत केवल चीनको आँखी झ्याल होइन यो सांस्कृतिक, धार्मिक र मानवताको एउटा अनुपम विरासत रहेको बताइन।

    चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव महामहिम वाङ जुनझेङलडे दुई बर्ष अघि गरेको नेपाल भ्रमणपछि तिब्बतसँग जोडिएका नाकाहरु सञ्चालन भएको, तिब्बतमा घाँस निर्यात भएको तथा पोखराबाट ल्हासा सम्म हिमालय एयरलायन्सले सिधा उडान शुरु गरेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले यसलाई निरन्तरता दिदै चीनका बाँकी शहरमा पनि पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सिधा उडान नियमित गर्न सकेमा चीनले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२५ लाई सार्थक बनाउन सकिने विश्वाश लिएको बताइन।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend