मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

योगलाई दिनचर्या बनाऔं : प्रधानमन्त्री

योगलाई दिनचर्या बनाऔं : प्रधानमन्त्री

images
२०८२ आषाढ ७ गते, शनिवार
२०८२ आषाढ ७ गते, शनिवार
  • ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउन आग्रह गरेका छन।

    images

    "सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग" भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११ ओैं विश्व योग दिवस २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योग मानव जातिको कल्याण, विश्वशान्ति, समृद्ध नेपाल, सुखी नेपाली निर्माणका लागि नेपालले गर्ने कार्य भएको बताए

    images

    "योगका आठ वटा सूत्रहरुमध्ये योग अनुशासन आवश्यक छ, आज नेपाली समाज अनुशासनबाट पीडित छ, अनुशासनविना ध्यान हुँदैन, राम्रो कुराहरूमा स्थिरता हुनु नै योगको निष्कर्ष हो, मतिबुद्धिसहितको योग आवश्यक छ, जिम गएर ज्यानमा ठूलाठूला मसल बनाएर मात्रै हुँदैन, विवेकबिना योग हुँदैन।" प्रधानमन्त्री ओलीले भने।

    प्रधानमन्त्री ओलीले हामीले योगलाई दैनिकचर्यासँग जोडेर हरेकलाई योगी बनाउन खोजेका हौँ भन्दै आरोग्यताको कुरा गर्दा खानपान, योग र आरामको सन्तुलनलाई ध्यान दिनुपर्नेमा जोड दिए।

    "पेट भर्नका लागि हैन, स्वास्थ्यका लागि विषादीरहित खानामा ध्यान दिनुपर्छ, हामीलाई डक्टर र अस्पताल पनि चाहिन्छ, तर योग र ध्यान पनि चाहिन्छ, डाक्टर चाहिन्छ धेरै डाक्टर उत्पादन गर्छौ, तर डाक्टरको संख्या बढाउने भन्दा बढि रोगीहरुको संख्या घटाउनेमा ध्यान दिनुपर्छ, त्यसकारण निरोगी नेपाल सफल हुन्छ, म प्रधानमन्त्री हुने बित्तिकै निरोगी नेपालको नारा दिएँ, निरोगी नेपालको अर्थ रोग लाग्नै नदिने भनेको हो। " उनले भने।

    उनले मानिसको जीवनमा लागू गर्नुपर्ने कुरा अहिंसा, सत्य, अनुशासन र स्वस्थ्यतासहितको खुसी रहेको बताए।

    "आज विश्वलाई शान्ति चाहिएको छ, हिंसा होइन अहिंसा चाहिएको छ, यही कुरा हतियारधारी र अहंकारधारीहरुले बुझिदिए भने शान्ति हुन्छ, म पवित्र भावले काम गर्छु, मौका पाएका बेला देशको सेवा गर्छु, नपाएको वेला पवित्र भावना राख्छु, योगले स्वास्थसँग, शरीरसँग, मनसँग र समाजसँग सम्बन्ध राख्छ। योग घरमै बसेर गर्न सकिन्छ आफू पवित्र रहनुस्, पवित्र सोच्नुस्, अरुको सम्पतिमा लोभ नगर्नुस्।" उनले भने।

    प्रधानमन्त्री ओलीले योग र ब्रम्हाचार्य भनेको समाजले दिएको जैविक र मानवीय आवश्यकता नै पूरा नगर्ने भन्ने नभएको बताए।

    "समाजको मान्यताभित्र रहेर बस्नु पर्छ,कानूनभन्दा पहिला समाजले थिति बसाएको हुन्छ, ती थितिहरुलाई मानेर समाज सुखमय हुन्छ, मुटुलाई स्वस्थ्य राख्न शरीरलाई चलायमान बनाउन आवश्यक छ, त्यसका लागि योग चाहिन्छ, लापरबाही जीवन बिताएर आफू खराव हुने र भगवानलाई दोष दिएर डक्टरकोमा जाने भन्दा योग र ध्यानलाई जोड दिएर खुसी जीवन विताउनेमा ध्यान दिनुपर्छ।" उनले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend