ललितपुर। नेपाल औषधि आयातकर्ता संघ (मियान) को अध्यक्षमा पवन आचार्य सर्वसम्मत निर्वाचित भएका छन।
ललितपुरको होटल हिमालयमा आज आयोजित आठौं अधिवेशन तथा वार्षिक साधारणसभा मार्फत आचार्यको नेतृत्वमा सर्वसम्मत १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो। कार्यसमिति औपचारिक रुपमा निर्वाचित भएको घोषणा भने हुन बाँकी छ।
अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाको प्रमुख आतिथ्यतामा होटल हिमालयमा वार्षिक साधारणसभा जारी छ। औपचारिक कार्यक्रम समापन पछि नवनिर्वाचित कार्यसमिति घोषणा गरिने तयारी छ। आचार्य हाल संघको महासचिव छन।



