मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बीपी राजमार्ग हुँदै सिन्धुलीबाट काठमाडौ आउने जाने सवारी साधन राति संचालनमा रोक

बीपी राजमार्ग हुँदै सिन्धुलीबाट काठमाडौ आउने जाने सवारी साधन राति संचालनमा रोक

images
२०८२ आषाढ ६ गते, शुक्रवार
२०८२ आषाढ ६ गते, शुक्रवार
  • काठमाडौं। बीपी राजमार्ग हुँदै सिन्धुलीबाट काठमाडौ आउने र काठमाडौंबाट धुलिखेल हुँदै सिन्धुली तर्फ जाने सवारीसाधनहरुलाई रातको समयमा संचालन गर्न रोक लगाइएको छ।

    images

    शुक्रबार बसेको सिन्धुली, काभ्रेपलान्चोक र रामेछापको संयुक्त सुरक्षा बैठकले रातको समयमा ती सडक हुँदै चल्ने सार्वजनिक तथा निजी सवारीसाधन संचालन गर्न रोक लगाइएको हो। सो सम्बन्धि सुचना तीनै जिल्लाका जिल्ला प्रसासन कार्यालयले अलगअलग जारी गरेका छन।

    images

    जारी सुचना अनुसार असार ६ गते (आज) देखि १५ दिनका लागि यो ब्यवस्था लागू हुनेछ भने हरेक साँझ ६:३० बजेदेखि बिहान ५ बजे सम्म सो सडक हुँदै संचालन हुने सवारीसाधन संचालनमा रोक लगाइने छ।

    तीनै जिल्लाका प्रसासन कार्यालयले मनसुन सक्रिय भएसँगै विपद् आउने जोखिम बढेको भन्दै यस्तो निर्णय गरेका हुन।

    गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडक नै बगाएको थियो। 

    बाढीपहिरोले राजमार्गको कुल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend