काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले अब आमा हस्पिटलमा उपचारसेवामा विषेश छुट पाउने भएका छन।
कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई आमा हस्पिटलमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुने भएको हो।
जसअन्तर्गत क्यबिन बेड मा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत र हस्पिटलका अन्य सेवामा २० प्रतिशत छुट उपलब्ध हुनेछ। यस्तै आकस्मिक एम्बुलेन्स सेवामा भने कुनै शुल्क लाग्ने छैन।
यसैगरी हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशत सहुलियत दिने उपलब्ध हुने छ भने उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन।
यस्तै अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन्।
कम्पनीले यस्ता व्यावसायिक सम्बन्धमा निरन्तर बिस्तार गरि सेवालाई थप प्रभावकारी र स्तरीय बनाउँदै कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने बताएको छ।



