मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

जंगली च्याउ खाँदा नौ महिने बालकसहित एकै परिवारका पाँच जना बिरामी

जंगली च्याउ खाँदा नौ महिने बालकसहित एकै परिवारका पाँच जना बिरामी

images
२०८२ आषाढ ६ गते, शुक्रवार
२०८२ आषाढ ६ गते, शुक्रवार
  • हेटौँडा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका ९ स्थित झिँगानेमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन्।

    images

    बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार झिँगानेका ४८ वर्षीय मिनबहादुर तामाङ, निजकै श्रीमती ४४ वर्षीय सानी तामाङ, बुहारी वर्ष २८ की सोममाया तामाङ, नातीहरु पाँच वर्षीय आरिच तामाङ र नौ महिनाका निर्मल तामाङसहित पाँच जना जंगली च्याउ खाँदा बिरामी परेका हुन। उनीहरुले बिहीबार राती जंगली च्याउको तरकारी खाएका थिए। 

    images

    उनीहरूको च्छो–रोल्पा अस्पताल चरीकोट दोलखामा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरूको अवस्था सुधारोन्मुख छ।

    वर्षा लागेसँगै गाउँघरमा जंगली च्याउ पाइनेक्रम बढेको छ। जंगलमा पाइने विषालु च्याउ खाँदा त्यसले शरीरमा समेत असर गर्ने गरेको छ। विषालु च्याउ छुट्याउन नसक्दासमेत गाउँघरमा वर्षायाममा धेरैजसो ब्यक्तिहरु बिरामी पर्ने गरेको पाइन्छ। नेपालमा एक हजार भन्दा बढी प्रजातीका च्याउ पाइने गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend