काठमाडौं। पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बिनयी त्रिवेणी गाउपालिका १ बिनयी खोलामा अकस्मात बाढी आउँदा खोलाको बिचमा फसेंका यात्रुको मध्यरातमा उद्धार गरिएको छ।
गएराती २ बजे बिनयी खोलाको डाइभर्सन बगाउँदा खोलाको बिच भागमा नै यात्रुवाहक बस फसेंको थियो भने सो बसमा सवार ३८ यात्रु जोखिममा थिए।
सो बसमा फसेंका यात्रुलाई राती नै सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका सुरक्षाकर्मीहरुले एक्साभेटर र क्रेनको सहायताले उद्धार गरेका हुन। बस भने खोलामा आएको बाढीले पल्टाइदिएको छ। सो बस काठमाडौंबाट दाङ तर्फ जाँदै थियो।
प्रहरीका अनुसार यात्रुहरु बाढी बढ्दै गएपछि बसको छतमा बसेका थिए। उनीहरूलाई त्यसबखत तत्कालै एक्साभेटर र क्रेनको सहायताले उद्धार गरिएको थियो।
स्थानी बाग्लुङ कालिका क्रसर र त्रिबेणि क्रसरले उद्वारका लागि एक्साभेटर लगाएतका उपकरण उपलब्ध गराएका थिए।





फोटो : नेपाल प्रहरी



