काठमाडौं। मनसुन सुरु भएसँगै देशका विभिन्न स्थानमा वर्षा भैरहेको छ। वर्षाका कारण कतिपय स्थानमा बाढी तथा पहिरोको असर देखिन थालेको छ।
वर्षाका कारण केही मुख्य राजमार्ग अवरोध भएका छन। नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ९ बजेसम्म देशभरका ६ विभिन्न स्थानमा राजमार्ग पुर्णरुपमा अबरुद्ध छन। यस्तै ५ स्थानमा राजमार्ग एकतर्फी संचालनमा रहेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउपालिका २ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पुर्ण रुपमा अबरुद्ध बनेको छ। यस्तै सोही गाउपालिकाको वडा नम्बर ३ लार्चामा खसेको पहिरोले अरनिको राजमार्ग बन्द छ। यस्तै सोही गाउपालिकाको वडा नम्बर २ कोप्लाङमा पहिरोले अरनिको राजमार्ग पुर्ण अवरोध छ।
यसैगरी नवलपरासी वर्दघाटसुस्ता पुर्व विनयी त्रिवेणी १ मा बाढीका कारण महेन्द्र राजमार्ग पुर्णरुपमा अवरोध भएको छ भने म्याग्दीको अन्नपूर्ण गाउपालीका ३ रुप्सेमा पहिरोका कारण बेनी-जोमसोम सडक पुर्ण रुपमा बन्द छ।
यस्तै डोल्पाको त्रिपूरा सुन्दरी नगरपालिका १ छलघाटमा बाढीका कारण भेरी करिडोर पुर्ण रुपमा अबरुद्ध छ।
अन्य स्थानमा कहाकहाँ सडक एकतर्फी सचालनमा छन?




