मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

फास्ट ट्रयाकको सुरु विन्दु डुुकुछापमा सार्न प्रधानमन्त्रीलाई पत्र

फास्ट ट्रयाकको सुरु विन्दु डुुकुछापमा सार्न प्रधानमन्त्रीलाई पत्र

images
२०८२ आषाढ ४ गते, बुधवार
२०८२ आषाढ ४ गते, बुधवार
  • काठमाडौँ। काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दुु ललितपुरको दुकुछापमा सार्न प्रधानमन्त्रीलाई पत्र बुझाइएको छ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले बुधबार काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा कायम गराउन सुुझावसहितको अध्ययन प्रतिवेदन बुझाइएको हो।

    images

    आयोगका अध्यक्ष रामबहादुर थापामगरले प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा
    उक्त आयोजनाको हालको प्रवेश विन्दुु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा कायम हुँदा आदिवासी नेवार समुुदायको विस्थापनको जोखिम निम्त्याएको भनिएको छ। यस्तै प्रतिवेदनमा फुडोलमा प्रस्थान विन्दु कायम गर्दा स्थानीयबासीको मानव अधिकारको उलङ्घन हुने भनिएको छ।

    बागमती नदी सफाइ सुधार आयोजनाको कार्यान्वयनबारे संयुुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयअन्तर्गतको कार्य समूह र विशेष र्यापोर्टरबाट व्यक्त चासोका सम्बन्धमा नेपाल सरकारले पठाउनुुपर्ने जवाफको कार्यमा सघाउन आयोगले सो प्रतिवेदन दिएको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले आयोगलाई सुुझाव प्रतिवेदन दिन आग्रह गरेको थियो।

    प्रतिवेदनमा खोकना क्षेत्र नेवार समुुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले डुकुुछापमा स्थानान्तरण गर्न उपयुक्त हुने उल्लेख गरिएको छ। साथै नेपाल सरकारले यस्ता आयोजाना सञ्चालन गर्दा स्थानीय आदिवासी जनजाति समुदायसँग पूर्व सुुसूचित स्वतन्त्र सहमति लिन पनि सुुझाव दिइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend