मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल

जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल

images
२०८२ आषाढ ४ गते, बुधवार
२०८२ आषाढ ४ गते, बुधवार
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन।

    images

    पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२ वितरण समारोहलाई सम्बोधन गर्दै उनले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र त्यही गणतन्त्रको अभिष्ट जनताको  जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गरे।

    images

    उनले सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र हाम्रो संविधानले राखेको लक्ष्य पुरा हुने बताउँदै यो लक्ष्य पुरा गरेमात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धान्जली हुने पनि बताए।

    राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तरबिरोधहरूलाई सुक्ष्म ढंगले अभिलेखन गर्न पनि योगदान गरेको उल्लेख गरे।

    उनले भने, ‘पुष्पलाल कम्युनिष्टहरूबीच पनि फरक चिन्तन र अलग पहिचान बनाउन सफल नेता हो। उहाँ मार्क्सवादी र वर्ग संघर्षको सिद्धान्तबाट आएको नेता भएर पनि लोकतान्त्रिक प्रक्रियाबाटै सबै समस्याको समाधान संभव छ भन्ने विश्वासमा अटल भएर उभिएको एउटा असल नेता हुनुहुन्थ्यो।’

    राष्ट्रपति पौडेलले पुष्पलालको चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग भएको बताउँदै उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६  सालको परिवर्तनले पुष्टी गरेको बताए।

    ‘पुष्पलालको यो चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग थियो भन्ने म ठान्दछु। उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६  सालको परिवर्तनले पुष्टी गर्यो। पछि यसलाई मदन भण्डारीबाट बहुदलीय जनवाद भनेर दार्स्शइनिकरण गर्ने प्रयास भयो भने जनताको जनवाद र नौलो जनवाद भन्नेहरू हराएर गए।’  उनले भने।

    साे अवसरमा राष्ट्रपति पाैडेलले राजनीती तर्फकाे सम्मान शान्त मानवी, ईतिहास तर्फकाे सम्मान डा मेदिनीप्रसाद सेडाई र साहित्य तर्फ राममणी पाेखरेललाई सम्मान गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend