काठमाडौं। नेपाली कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ।
आफ्ना पुर्व केन्द्रीय सदस्य तथा पुर्व मन्त्री समेत रहेका नेता ढुण्डीराज शास्त्रीको निधनप्रति दुख व्यक्त गर्दै कंग्रेसले बुधबार (आज) देखि असार ६ गतेसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
आंग्रेसको आज बिहानै आकस्मिक केन्द्रीय समिति बैठक बसेको थियो। कांग्रेसले बैठकमार्फत शास्त्रीको निधनप्रति दुख व्यक्त गरेको छ।
शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा असार २ गते भएको निधन भएको थियो।
विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका स्वर्गीय शास्त्रीले प्रजातन्त्र पुनस्र्थापनाको संघर्ष र आन्दोलनहरूका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताएका थिए।
यसअघि कांग्रेसले शास्त्रीको निधनको शोकमा पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरिसकेको छ। केन्द्रीय कार्यालय सानेपामा जारी वातावरण सम्बन्धी प्रशिक्षण कार्यक्रम कांग्रेसले असार ४ गतेदेखि ६ गतेसम्मका लागि स्थगित गरिसकेको छ।



