काठमाडौं। नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक अहिले केहीबेरमा बस्दै छ।
बुधबार (आज) विहान ८ बजेका लागि बोलाइएको बैठक अझै शुरु हुन सकेको छैन। कांग्रेसले आफ्ना पार्टीका नेता तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्री (पौडेल)को निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाएको हो।
यसअघि कांग्रेसले शास्त्रीको निधनको शोकमा पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरिसकेको छ। केन्द्रीय कार्यालय सानेपामा जारी वातावरण सम्बन्धी प्रशिक्षण कार्यक्रम कांग्रेसले असार ४ गतेदेखि ६ गतेसम्मका लागि स्थगित गरिसकेको छ।
पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्यसमएत रहेका शास्त्रीको ९० वर्षको उमेरमा असार २ गते काठमाडौंको केएमसी अस्पतालमा निधन भएको थियो।



