मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंमा अब बाह्रै महिना मेलम्चीको पानी

काठमाडौंमा अब बाह्रै महिना मेलम्चीको पानी

images
२०८२ आषाढ २ गते, सोमवार
२०८२ आषाढ २ गते, सोमवार
  • काठमाडौं। वर्षायाम लागेसँगै खानेपानीको समस्या ब्यहोर्दै आएका काठमाडौंका नागरिकले अब वर्षायामसहित १२ महिना नै मेलम्चीको पानी पाउने भएका छन।

    images

    खानेपानीमन्त्री प्रदीप पौडेलले वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौमा बितरण गरिने बताए।

    images

    `बर्खायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौमा बितरण गरिनेछ!, काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति सुनिश्चित गर्न रिबर्मा खोलामा निर्माण गरिएको खानेपानीको टयाङ्किको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गरेको छु।´ मन्त्री यादवले सोमबार मेलम्चीको स्थलगत नीरिक्षण गरेको भन्दै सामाजिक संजालमा लेखेका छन।

    उनले अगाडी लेखेका छन, `आज सोमबारबाट नै रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा छाडिएको कुरा  काठमाडौँवासीलाई जानकारी दिन पाउदा म निकै खुशी र हर्सित भएको छु। काठमाडौ वासीलाइ अब बाह्रै महिना मेलम्चीको पानी बितरण हुनेछ।´

    सन् २०७८ सालको विनाशकारी बाढीले मेलम्चीको मुहान क्षेत्रमा पुर्‍याएको क्षतिपछि बर्खायामको समयमा नियमित खानेपानी आपूर्तिमा गम्भीर अवरोध उत्पन्न भएको थियो।

    बर्खायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गरिने व्यवस्था गरिएको हो।

    सोमबारबाट नै रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा छाडिएको छ। 

    मन्त्री यादवले सो कार्यमा सहयोग गर्ने मेलम्ची विकास समिति, स्थानीयवासी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, कर्मचारी लगायत सम्पुर्णलाई धन्यवाद समेत दिएका छन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend