मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

किसानले चैते धानले उचित मुल्य नपाएको गुनासो पछि कृषि र उद्योगमन्त्रीबीच छलफल

किसानले चैते धानले उचित मुल्य नपाएको गुनासो पछि कृषि र उद्योगमन्त्रीबीच छलफल

images
२०८२ आषाढ २ गते, सोमवार
२०८२ आषाढ २ गते, सोमवार
  • काठमाडौ। किसानले चैते धानको उचित मुल्य नपाएको गुनासो पछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीबीच आज वाणिज्य मन्त्रालयमा छलफल भएको छ।

    images

    छलफलमा दुवै मन्त्रालयका सचिव, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायतको सहभागिता थियो। वैठकमा चैते धानको हालको अवस्था, किसानले उचित मुल्य नपाउनुका कारण, भारतवाट हाल चामल आयातको अवस्था , खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान, चामलको मौज्दात अवस्था, खाद्यले  किसानको चैते धान खरिद गर्न सक्ने अवस्था र भण्डारण क्षमता लगायतका विषयमा छलफल भएको हो।

    images

    दुई मन्त्रालयबीच हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग प्रयाप्त भण्डारण क्षमता नभएकाले यसका लागि पहल गर्ने, चामल, चिउरा र भुजिया निर्यातका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने, खाद्यमार्फत धान खरिद गर्नका लागि अर्थ मन्त्रालयसँग वजेट लगायतका विषयमा पहल गर्ने निर्णय भएको छ।

    बैठकमा कृषिमन्त्री अधिकारीले जसरी र जुन व्यवस्था गरेर हुन्छ किसानले चैते धानको उचित मुल्य पाउनका लागि सम्बन्धित निकायको पहल आवश्यक रहेकोमा जोड दिए।

    उद्योग मन्त्री भण्डारीले कृषि, उद्योग, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग समेत बसेर समस्याको समाधान र यस विषयमा आगामी रणनीति तय गर्नुपर्ने बताए।

    बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मा, वाणिज्य तथा आपुर्ति सचिव डा.रामप्रसाद घिमिरे र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हालको अवस्था बारे जानकारी गराएका थिए।

    सरकारले चैते धानको न्युनतम समर्थन मुल्य प्रति क्विन्टल २८ सय ६९ पैसा तोके पनि झापा लगायत पुर्व र पश्चिमका जिल्लाहरुमा किसानले १५ देखि १६ सय रुपैयामा विक्रि गर्नुपर्ने अवस्था आएको वताएका छन।

    हाल डेढ लाख मेट्रिक टनको हाराहारीमा किसानसँग धान विक्रिका लागि रहेको अनुमान छ। पछिल्लो समय मात्र भारतवाट ३१अर्ब हाराहारीमा चामल आयत भएको सरकारी तथ्यांक छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend