काठमाडौं। नेपाल मोबाइल ब्यवसायी महासंघ सुर्खेतको अध्यक्षमा कुसुम रावल चयन भएका छन।
शनिबार सम्पन्न अधिवेशनबाट रावल सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन। नेपाल मोबाइल व्यवसायी महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष भगतबहादुर रावल (भरत) को अध्यक्षतामा सम्पन्न अधिवेशनले १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
महासंघका केन्द्रीय सदस्य भुवनलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमार्फत निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सोम प्रसाद पौडेल, महासचिवमा रंग बहादुर शाही, सचिवमा नरेश शर्मा, कोषाध्यक्षमा चन्द्र प्रसाद जैसी, सहकोषाध्यक्षमा लक्ष्मण अधिकारी चुनिएका हुन।
यस्तै सदस्यहरूमा शुसान्त रेग्मी, रबिन केसी, इन्द्र बहादुर केसी, कृष्ण खड्का, भरत बहादुर बिसी, नगेन्द्र शाही, युवराज थापा, केशब ढकाल र मिलन केसी छन।




