मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालमै पहिलोपटक चितवनमा रक्तदान महोत्सव

नेपालमै पहिलोपटक चितवनमा रक्तदान महोत्सव

images
२०८२ जेठ ३१ गते, शनिवार
२०८२ जेठ ३१ गते, शनिवार
  • चितवन। नेपालमा नै पहिलोपटक रक्तदान महोत्सव सुरु भएको छ।

    images

    ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा शनिबारदेखि नेपालमै पहिलोपटक रक्तदान महोत्सव सुरु भएको हो। महोत्सवको भरतपुर महानगरपालिकाकि प्रमुख रेणु दाहालले उद्घाटन गरेकी छन।

    images

    अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा रक्तदान महोत्सवको आयोजना गरिएको हो। आयोजक ब्लड डोनर्स सोसाइटी चितवनले एकैदिन १५ सय पिन रगत संकलन गर्ने गरी महोत्सवको तयारी गरिएको बताएको छ।

    सोसाइटीका अध्यक्ष एकराज बुर्लाकोटीले नयाँ युवा रक्तदाताहरुलाई रक्तदानमा सहभागी बनाउने अपेक्षा गरिएको बताए। ती रक्तदातालाई नियमित रक्तदाताका रुपमा उत्प्रेरित गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको उनले जानकारी दिए। 

    महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, रक्त समूह परीक्षण लगायतको कार्यक्रम राखिएको छ। यस्तै गत आर्थिक वर्षभित्रमा एक सय भन्दा बढी पिन रगत संकलन गर्ने संघसंस्था र व्यक्तिहरुलाई पनि महोत्सवमा विशेष सम्मान गरिंदैछ।

    ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले चितवनमा आवश्यक रगतको अभावलाई ध्यानमा राख्दै महोत्सव आयोजना गरिएको बताए।
    उनले चितवनमा आवश्यकता भन्दा बढी रगत संकलन भएमा छिमेकी जिल्लाहरुमा पठाइने पनि जानकारी दिए। 

    चितवनमा मात्रै हाल दैनिक डेढ सय पिन रगत आवश्यक छ। महोत्सवमा संकलन हुने १५ सय पिन रगत चितवनमा नै खपत हुने प्रादेशिक रक्तसंचार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताउँछन।

    मानिसको शरिरबाट तीन तीन महिनामा खेर जाने रगतलाई दान गर्दा शरिरलाई फाइदा हुने फिजिसियन डाक्टर भोजराज अधिकारीले बताए। उनका अनुसार नियमित औषधि सेवन गर्ने र दिर्घरोगी बाहेक १८ बर्षदेखि ६५ वर्ष उमेर समुहका मानिसले रक्तदान गर्न सक्ने छन। 

    महोत्सवमा नयाँ रक्तदातालाई आकर्षित गर्न विभिन्न उपहार योजना समेत ल्याईएको उनले बताए। सोसाईटीका अनुसार , रक्तदाताहरुका बीचमा चिठ्ठा प्रतियोगिता मार्फत सोफा सेट, मौलाकालिका केबुलकारका टिकट, मोबाइल, मदन पुरस्कार सहितका पुस्तकहरुको प्याकेज, होल बढी चेकअपका टिकट, कोट सेट मिक्चर लगायतका आकर्षण पुरस्कार राखिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend