मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

औषधि उत्पादक, वितरक र डाक्टरसहितका १२ संस्थाले थप आन्दोलन घोषणा गर्दै

औषधि उत्पादक, वितरक र डाक्टरसहितका १२ संस्थाले थप आन्दोलन घोषणा गर्दै

images
२०८२ जेठ ३१ गते, शनिवार
२०८२ जेठ ३१ गते, शनिवार
  • काठमाडौं। औषधिको मुल्य-नीति सुझाव समितिको प्रतिवेदनको विरोध गर्दै आएका `औषधि, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकार समिति´मा आबद्ध संस्थाले थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै छन।

    images

    प्रतिवेदनको विरोधमा शुक्रबार औषधि ब्यवस्था विभागको केन्द्रीय कार्यालय सहित विभिन्न शाखा कार्यालयमा मुखमा कालोपट्टी बाँध्दै धर्ना दिएका संस्थाहरु शनिबार (आज) विहानैदेखि थप आन्दोलनका कार्यक्रम तय गर्न बैठक बस्दै छन।

    images

    नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले  शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको र थप आन्दोलनका कार्यक्रम तय हुने जानकारी दिए।

    `औषधि, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकार समिति´मा आबद्ध संस्थाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ, बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने छ।´ बरालले एक्सरे नेपालसँग भने।

    बरालले आन्दोलनमा सुरुवातमा पाँच संस्था रहेकोमा बढेर नौ संस्था हुँदै अहिले संस्थाको संख्या १२ पुगेको जानकारी दिए।

    `औषधिसँग सम्बन्धित १२ संघ संस्थाको संयुक्त बैठक, सुरु गर्दा ५ थियौं, अहिले थपिदै ९ भएकोमा आज बाट १२ संघ भएको छौँ।´ बरालले भने।

    उनीहरूले औषधिको मुल्य-नीति सुझाव समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बुझाएको प्रतिवेदनको खारेजी र पुनर्लेखनको गर्न माग गर्दै आएका छन।

    उनीहरुले प्रतिवेदनले केही वर्ष भित्रमा नै नेपाली औषधि उद्योगलाई समाप्त पार्ने अवस्था देखाएको भन्दै प्रतिवेदन खारेजी गर्दै पुनर्लेखन गर्नु पर्ने बताउँदै आएका छन। यस्तै उनीहरूले सरोकारवाला संघसंस्थालाई किनारा लगाइ तयार पारिएको उक्त प्रतिवेदन मान्य नहुने बताउँदै आएका छन। 

    डा पोषराज पाण्डेको संयोजकत्वमा रहेको औषधिको मुल्य-नीति सुझाव समितिले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरिसकेको छ। सो प्रतिवेदन बनाउन गठित समितिमा नेपाल औषधी उत्पादक संघ (एपोन) का अध्यक्ष महेश प्रसाद प्रधानको पनि प्रतिनिधित्व थियो। तर प्रतिवेदन लेखनमा बेवास्ता गरिएको र नीजी क्षेत्रको भावना नसमेटिएको भन्दै श्रेष्ठले प्रतिवेदनमा नोट अफ डिसेन्ट लेख्दै असहमति दर्ज गरेका थिए।

    उनले सरोकारवाला निकायसँग समन्वय नगरी एकलौटी ढंगबाट प्रतिवेदन तयार गरिएको र आवश्यक परामर्शसमेत नगरी हतारमा मन्त्रीलाई प्रतिवेदन बुझाएको भन्दै विरोधमा उत्रिएको बताउँदै आएका छन।

    व्यवसायीहरुले २०७५ माघ २ गते औषधी परामर्श परिषद्को १६ औँ बैठकले गरेको निर्णय कार्यान्वयन गर्न भनेका छन।

    नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष गणेश नेपालले प्रतिवेदनप्रति सम्बन्धि निकाय गम्भीर नबनेकाले आन्दोलनमा उत्रिनु परेको बताए।

    आन्दोलन अन्तर्गत शुक्रबार बिहान ११ बजेदेखी दिउसो १ बजेसम्म औषधि व्यवस्था विभाग काठमाडौं तथा बिराटनगर, बीरगंज र नेपालगन्जस्थित औषधि व्यवस्था विभागको शाखा कार्यालय परिसरमा उपस्थित भएर मुखमा कालोपट्टी बाध्दै धर्ना दिंदै प्रतिवेदनको विरोध गरिएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend