मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

केयुको ३० औँ दीक्षान्त : प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह

केयुको ३० औँ दीक्षान्त : प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह

images
२०८२ जेठ ३० गते, शुक्रवार
२०८२ जेठ ३० गते, शुक्रवार
  • काभ्रे। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन।

    images

    धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालको परिचय ‘बहादुर’ मात्र नभई ‘इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी स्थापित गराउनुपर्नेमा जोड दिए।

    images

    सीपयुक्त जनशक्तिले अनुसन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्नुपर्ने उनको आग्रह थियो। नेपाल कहिल्यै कुनै मुलुकको अधिनस्थ नरहेको र कहिल्यै नरहने बताउँदै उनले नेपाल सानो राष्ट्र भए पनि स्वाधिनताका साथ बसेको स्पष्ट गरे।

    “दुनियामा नेपाल नेभर कोलोनाइज्ड हो, यो कसैको मातहतमा रहेन र रहँदैन पनि, हामी सानो देश भए पनि विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पूर्खाले चक्कुको सहारामा हराएर देशको स्वाधिनता बचाएका हुन्।” विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले भने।

    उनले अघि थपे, “नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ।”

    प्रधानमन्त्री ओलीले इतिहासका तथ्यहरुले पहिले देखि नै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपललगायत जस्ता बनस्पतीको महत्व पूर्खाले नै पत्ता लगाएको बताए।

    प्रधानमन्त्री ओलीले विश्व–पृथ्वी, जल, नक्षत्र, ब्रम्हाण्ड शान्ति भनिरहेको अवस्थामा जल, वायु र आकाशमा अशान्ति नहोस् भनी कामना गरिरहेकाले हामी पनि सोहीअनुसार कर्म गर्नुपर्ने बताए।

    “पूर्वजदेखिनै पनि सबै क्षेत्रमा शान्ति हुनुपर्छ भन्दै आएका थिए, यसकारण पनि समृद्ध–नेपाल, सुखी–नेपाली भनिएको हो”, उनले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend