काठमाण्डौं। गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी रअभियोजनकर्ताबिच ठिक ढंगको समन्वय हुनुपर्नेमा जोड दिएका छन।
शुक्रबार बिहानप्रहरी प्रधान कार्यालयमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले दुई पक्षबिच निरन्तर समन्वय हुन जरुरी रहेको बताए। समिति र स्रोत रसाधनमा धेरै काम प्रहरीले गर्नुपरेको उनको भनाई छ।
“सबैभन्दा बढी कामकोजिम्मेवारी लिएका सुरक्षा निकायहरु समिति र स्रोत र साधानमा काम गर्नुपरेको छ।”उनले भने, “ सरकारले प्रयाप्त ध्यान दिदैछ, दिन्छ।” उनले भने।
उनले आगामी आर्थिकबर्षको बजेटमा तुलनात्मक रुपमा बजेटमा प्रहरीतर्फ उल्लेखनीय वृद्धि भएको जानकारी समेत दिए।
मन्त्री लेखकले विज्ञानको प्रयोग मानवताका विरुद्ध भइरहेकोसमेत बताए।
“अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ। त्यसो भएकाले हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ। विज्ञानकोप्रयोग भनेको प्रविधिका मार्फत गर्ने हो।” लेखकले भने।
लेखकले विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ्य, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको बताए।
“अभियोजनकोक्रममा पनि विज्ञानको प्रविधिको प्रयोग आवश्यक छ। विज्ञानको प्रयोगले मात्रै पुग्दैन। विज्ञानको सही प्रयोग हुनजरुरी छ। प्रविधि र विज्ञानको प्रयोग पनि न्यायलाई सहयोग गर्ने गरेर हुनुपर्छ।” उनले भने, “ विज्ञान र प्रविधिको प्रयोग गर्दा पनि प्रमाण संकलन होसियारका साथ गर्नुपर्ने हुन्छ।”
फौजदारी न्यायमा अनुसन्धान र अभियोजन महत्वपुर्ण आयाम हुने मन्त्री लेखकको भनाई छ।
“फौजदारी न्यायको केन्द्रमा पीडित रहन्छ। पीडितलाई हामीले न्यायको अनुभूति गराउन सक्यौंकी सकेनौं? कुनै पनि अपराधिक कार्यबाट आफूलाई पीडित अनुभूति गरेको मानिसलाई न्याय प्राप्त भयो भन्ने कुराको अनुभूति गर्न सक्यौ की सकेनौं।” मन्त्री लेखकले भने, “त्यो फौजदारीको न्यायको मुख्य उद्देश्य हो। यो क्षेत्रमाअत्यन्त मेहनत र क्रियाशिलताका साथ, अत्यन्त बुद्धि र विकेक प्रयोग गरेर काम गर्न जरुरी छ।”



