काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले `विद्यालय स्वास्थ्य कार्यक्रम´ अन्तर्गत ६४१ विद्यार्थीको नि:शुल्क स्वास्थ्य परीक्षण गरेको छ।
जेठ २६ र २७ गते भएको स्वास्थ्य परीक्षणमा वडा नम्बर-८ मा अवस्थित श्री तेजविनायक माध्यमिक विद्यालयका ६४१ जना छात्रछात्राले स्वास्थ्य सेवा लिएका हुन् ।
स्वास्थ्य परीक्षणमार्फत ६ सय ३६ जनाले ओपिडी सेवा लिएको तथा ६ सय २ जनाले दन्त सेवा र ६ सय १४ जनाले आँखा जाँच सेवा लिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
कार्यक्रममा विद्यार्थीको स्वास्थ्य अवस्थाअनुसार औषधी पनि वितरण गरिएको थियो।





