मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालमा आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरीय डिजिटल तालिम संचालन हुँदै, १ हप्तादेखि २ वर्षसम्मको अवधि

नेपालमा आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरीय डिजिटल तालिम संचालन हुँदै, १ हप्तादेखि २ वर्षसम्मको अवधि

images
२०८२ जेठ २७ गते, मंगलवार
२०८२ जेठ २७ गते, मंगलवार
  • काठमाडौं। नेपालमा आँखा उपचार सम्बन्धीबविश्वस्तरिय डिजिटल तालिम संचालन हुने भएको छ।

    images

    नेपाल नेत्रज्योति संघ र अर्विस ईन्टरनेशनबिच नेपालमा आँखा उपचार सम्बन्धी डिजिटल तालिम हबका रुपमा विकास गर्ने परियोजना संचालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

    images

    आँखा स्वास्थ्य क्षेत्रमा आवस्यक पर्ने क्लिनिकल, पारामेडिक्स, ब्यवस्थापन तथा प्रशासनिक कर्मचारीहारुलाई तालीम दिई दक्ष जनशक्तिको रुपमा विकास गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो।

    नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार समय, आर्थिक अभाव, भाषा र बिदेश गएर तलिम लिन नसक्नेलाई लक्षित गरी विश्वस्तरीय तालिम संचालनका लागि यो परियोजना संचालन गर्न लागिएको हो। भविष्यमा आवश्यकता अनुसार विभिन्न देशका विभिन्न भाषामा समेत तालिम संचालन गरिने योजना छ।

    ‘नेपालले आँखा उपचारका क्षेत्रमा गरेको प्रगती विश्वमै उदाहरणीय छ, अब विश्व स्तरमै संचालन हुने क्षमता अभिवृद्धि तालिमहरु नेपालमै संचालनका लागि नेत्रज्योति संघसंगको सहकार्यमा यो परियोजना संचालन हुनेछ’ अर्विस इन्टरनेशन इन्डियाका कन्ट्री डाईरेक्टर डा.ऋषिराज बोराहले भने।

    यो परियोजना अन्तर्गतको तालिममा सहभागी हुने सहभागिहरुले भौतिक रुपमा आफैँ उपस्थित भई वा स्यान्डबीच ब्लेन्डेड लर्निङ्ग एप्रोचबाट आफू कार्यरत जुनसुकै ठाउँबाट मोतिबिन्दुको, ऐन्टेरियर सेगमेन्ट,भिट्रियो रेटिना,जलबिन्दु,अप्ट्रोमेट्री साईन्स, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन तालिम, वेट ल्याब ब्यवस्थापन तालिम लगायतका अप्थाल्मीक बिधाहरुमा तालिममा सहभागी हुन सक्नेछन्। जसमा हाइ टेक्नोलोजी रिमोट सर्जिकल किट् जस्ता अत्यन्तै अत्याधुनिक प्रविधिको प्रयोग हुनेछ।

    अर्विसको साईबर साईट प्रविधिको प्रयोग गरी विभिन्न विधामा सिएमई र हस्पिटल बेस्ड तालिम नियमित रुपमा संचालन गरिनेछ।

    त्यस्तै यो परियोजना अन्तर्गत संचालन हुने तालिममा नेपालमा रहेका सम्पुर्ण आँखा अस्पतालहरु, मेडिकल कलेज, निजि आँखा अस्पतालहरु,स्वास्थ सेवा प्रतिष्ठानहरु, सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत जनशक्तिहरुका साथै विश्वकै विभिन्न स्वास्थ्य संस्थाहरुका जनशक्तिहरु समेत सहभागि हुनसक्नेछन्। उक्त तालिमहरुको सहजिकरण विश्वस्तरमै सम्बन्धित विषयमा ख्याति प्राप्त विषयविज्ञहरुद्धारा गराइनेछ।

    संघका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रका अनुसार परियोजना संचालनका लागि हाललाई विराटनगर आँखा अस्पतालमा तालिम संचालनका लागि आवश्यक सिमुलेटर, वेट ल्याब र रिमोट सर्जिकल किट लगायतका स्टेट अफ आर्ट फ्यासिलिटी तहको भौतिक संरचना तयार भई संचालन भएको छ भने बिस्तारै भैरहवाको श्री रणअम्बिका शाह आँखा अस्पतालमा समेत यो परियोजना विस्तार हुनेछ।

    सो परियोजनाले नेपालमा मात्र नभई विश्वमा नै उपचार पछि निको हुने अन्धोपना निवारण गर्न कोशेढुंगाा सावित हुने अपेक्षा राखिएको छ। लहान आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सुधिर ठाकुरले नेपालमै पहिलो पटक यो परियोजना मार्फत यस प्रकारको विश्वस्तरीय तालिम संचालन गरिने बताए।

    संघका कार्यक्रम व्वस्थापक रन्जन शाहका अनुसार हाललाई नेपालका जनशक्तिहरुलाई लक्षित गरी तालिम संचालन गरिने छ भने अर्को वर्ष बाट देश बाहिरको जनशक्तिहरुको लागि समेत खुला गरिने छ। यो परियोजना अन्तर्गत संचालन गरिने तालिमहरु प्रकृति हेरी १ हप्ता, १ महिना, ३ महिना, १ वर्ष र २ वर्ष अवधिका हुनेछन्।

    स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा संघका २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४४ जिल्ला शाखाहरुको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend