काठमाडौं। प्रतिनिधिसभा बैठक आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै अएका विपक्षी दलहरूले आज सोमबारको बैठक पनि अवरोध गरेका हुन्।
आज २ बजे सुरु हुने भनिएको बैठक ढिला गरी सुरु भएपनि विपक्षीले भिजिट भिसा प्रकरणका विषयमा अवरोध गर्दा कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ। बैठक साढे ३ बजे शुरु भएको थियो।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध सुरु गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरिएको बताए।
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित विपक्षीले संसद अवरुद्ध गर्दै आएका छन्।



