काठमाडौं। अमेरिकाबाट डिपोर्ट गरिएका ३७ जना नेपाली काठमाडौं आइपुगेका छन।
अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र ५ जना महिलालाई बंगलादेशको ढाका हुँदै नेपाल फिर्ता गरिएको हो।
उनीहरु अमेरिकाबाट ओम्नी एयरको 'ओवाई३१४६' चार्टर उडानबाट आइतबार साँझ काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए।
उनीहरू विभिन्न समयमा अवैध तरिकाले अमेरिका प्रवेश गरेका थिए। यसअघि विभिन्न चरणमा गरेर १४० जनालाई अमेरिकाले नेपाल डिपोर्ट गरिसकेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अमेरिकामा अवैध वसोवास गर्दै आएका नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन्। आइतबार फिर्ता भएका सहित गरेर १७७ जना नेपाली फिर्ता भएका छन।



