मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गाउँ गाउँमै क्यान्सरको स्क्रीनिङ

गाउँ गाउँमै क्यान्सरको स्क्रीनिङ

सिन्धुपाल्चोकमा एक हजार महिलाले गराए पाठेघर र स्तन परिक्षण

images
२०८२ जेठ २५ गते, आइतवार
२०८२ जेठ २५ गते, आइतवार
  • काठमाडौ। भक्तपुर क्यान्सर अस्पतालले गाउँगाउँमा पुगेर  महिलाहरूको समस्याका रुपमा बढ्दै गएको पाठेघर र स्तनको क्यान्सरको स्क्रीनिङ गरिरहेको छ।

    images

    भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा उज्ज्वल चालिसेको नेतृत्वमा भक्तपुर क्यान्सर अस्पतालका डाक्टरहरु शिविर लिएर गाउँगाउँ पुगिरहेका छन। यस्तै क्रममा शनिबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित नगर अस्पतालमा आयोजना गरिएको शिविरमा एकैदिन एक हजार महिलाले पाठेघर र स्तन क्यान्सरको स्क्रीनिङ गराए।

    images

    भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा साथी फाउन्डेसन नेपाल, बाह्रबिसे नगरपालिका र इलेक्ट्रो पावर कम्पनीको सहकार्यमा सञ्चालन गरिएको शिविरमा परीक्षण गरिएका एक हजारमध्ये करिब ३७० जना महिलाको नमुना परीक्षण लिइएको थियो।

    साथी फाउन्डेसन नेपालका अध्यक्ष तथा नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री बलदेव तिमल्सिनाका अनुसार परीक्षण गरिएका एक हजारमध्ये करिब ३७० महिलाको नमुना परीक्षण लिइएको हो।

    शिविरमा सहभागी महिलाहरूको सामान्य स्वास्थ्य परीक्षण, भिडियो एक्स–रे, स्तन र पाठेघर स्क्रिनिङ लगायतका सेवा दिइएको बाह्रबिसे नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष बिमल पौडेलले जानकारी दिए।

    परीक्षणमा सहभागी ३७० महिलामा विभिन्न किसिमका स्वास्थ्य समस्या पत्ता लागेका छन् भने ७ महिलामा पाठेघरसम्बन्धी गम्भीर समस्या देखिएकाले थप उपचारको सिफारिस गरिएको डा. चालिसेले जानकारी दिए।

    जटिल र उपचारमा महंगो रोग क्यान्सरको रोकथाम र उपचारको शिविर संचालन हुँदा ठुलो संख्यामा स्थानीय महिलाहरु प्रत्यक्ष लाभान्वित हुने अवसर पाएको नगरपालिका उपप्रमुख मन्जु तामाङले बताइन।

    गत चैत्र २२ गते पश्चिम नेपालको अछाम पुगेको भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर स्क्रीनिङ डाक्टरहरुको टोली चैत २४ गते डडेल्धुरा पुगेर महिलाहरूको पाठेघर र स्तनको स्क्रीनिङ गरेको थियो। त्यसपछि कैलाली तथा रुपन्देही हुँदै डाक्टरहरु भक्तपुर फर्किएका थिए।

    यसैगरी गत बैशाख २० गते भक्तपुरबाटै चिकित्सकीय टोली महिलाहरूको स्तन र पाठेघरको स्क्रीनिङ गर्न सिन्धुली पुगेका थिए भने त्यसपछि जेठ ९ गते पुर्वी नेपालको इलामबाट पुर्वका पाँचथर, संखुवासभा र धनकुटामा शिविर संचालन गरेर १४ गते परिक्षण शिविर सम्पन्न गरेर फर्किएका थिए।

    `हामीले शिविरमा नमुना लिनै पर्नेहरुलाई स्याम्पलिङ गरेर लिन्छौ, कतिपयको अल्ट्रासाउन्डबाट पनि अन द स्पट स्क्रिनिङ हुन्छ, कतिपयको पाठेघरको मुखको पानी नै निकाल्छौं।´ डा. चालिसेले एक्सरे नेपालसँग भने।

    यसरी स्क्रिनिङ गर्दा समस्या देखिएकाहरुलाई फलोअपमा राख्ने गरिएको डा. चालिसेले जानकारी दिए। यस्तै सामान्य समस्या देखिएकाहरुलाई नजिकको अस्पतालमा चेकजाँच र आवश्यक परामर्शका लागि पठाइने तथा बढी समस्या पहिचान भएकाहरुलाई भक्तपुरस्थित अस्पतालमा नै बोलाइने उनको भनाइ छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend