मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भारतमा देखिएको कोरोना ढिलोछिटो नेपाल आउँछ, सतर्क रहौं : डा प्रकाश बुढाथोकी

भारतमा देखिएको कोरोना ढिलोछिटो नेपाल आउँछ, सतर्क रहौं : डा प्रकाश बुढाथोकी

images
२०८२ जेठ २५ गते, आइतवार
२०८२ जेठ २५ गते, आइतवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भारतमा देखिएको कोरोना ढिलो या छिटो नेपालमा आउने भएकाले सतर्क रहनु पर्ने बताएका छन।

    images

    संचारकर्मीहरुसँग कुरा गर्दै बुढाथोकीले भारतबाट कोरोना संक्रमण नेपाल नछिरोस भन्नका लागि नेपाल तर्फका १७ वटा स्थल र तीन वटा हवाइ नाकाहरुमा रहेका हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरुलाई सचेत बनाएको उनले जानकारी दिए।

    images

    कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ब्यक्तिहरुलाई सेल्फ आइसोलेशन वा होम आइसिलेशनमा बस्न तथा अस्पतालमा नै भर्ना हुनु पर्ने अवस्था भए नजिकका अस्पतालमा सम्पर्क गर्ने ब्यवस्था पनि मिलाइएको उनले बताए।

    `नाकाहरुमा र्यापिड डाइग्नोस्टिक टेस्ट गरिरहेका छौं, कोभिड परिक्षण गर्दा नेगेटिभ वा पोजेटिभ जे देखिए पनि आफुलाई संका लागेमा एकहप्ता सम्म सेल्फ आइसोलेशनमा बस्न भनेका छौं, श्वास फेर्न वा अन्य कुनै समस्या भए वा थप जटिलता देखिए तुरुन्तै अस्पताल जान भनेका छौं।´ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले भने।

    उनले श्वास प्रश्वास सँग सम्बन्धित तथा कोभिडसँग सम्बन्धित समस्याकै लागि विगतमा भएको भन्दा पुर्वाधारहरुमा पनि ब्यवस्थापन भएको बताए। 

    `सब संक्रमण बढ्यो तयारी हुनुस भन्ने बित्तिकै ५ मिनेटमा रेस्पोन्स हुने गरेर तयारी पनि भएको छ, देशभरका २५ वटा हब अस्पताल र देशभरका २ हजार बढी सेटेलाइट अस्पतालहरुलाई सतर्क रहन भनेका छौं, सात प्रदेशका हेल्थ अपरेसन इमर्जेन्सी सेन्टरहरुलाई पनि सक्रिय राखेका छौं।´ उनले भने।

    कुनै कारणवस संक्रमण फैलिए थओ संक्रमण फैलिन नदिन र धनजनको क्षती हुन नदिन अस्पतालहरुलाई तयारी अवस्थामा राखेको उनको भनाइ छ।

    भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएको छ। हालसम्म छ हजार भन्दा बढी ब्यक्तिलाई भारतमा संक्रमण पुष्टि भैसकेको छ भने ७० जना भन्दा बढी ब्यक्तिको मृत्युु भएको बताइएको छ।

    भारतका २७ वटा राज्य तथा केन्द्र शासित प्रदेशमा कोरोना फैलिसकेको छ। यी मध्ये सबैभन्दा बढी संक्रमितहरु केरलामा छन्। केरला पछि, गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा धेरै सङ्क्रमित भेटिएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend