मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भाडाको कोठाबाट ११ वर्षपछि आफ्नै भवनमा स्वास्थ्य एकाइ, बर्थिङ सेन्टर बन्दै

भाडाको कोठाबाट ११ वर्षपछि आफ्नै भवनमा स्वास्थ्य एकाइ, बर्थिङ सेन्टर बन्दै

images
२०८२ जेठ २५ गते, आइतवार
२०८२ जेठ २५ गते, आइतवार
  • म्याग्दी। म्याग्दीको एक गाउँपालिकामा भाडाको कोठाबाट ११ वर्षपछि स्वास्थ एकाइ आफ्नै भवनमा सरेको छ।

    images

    मालिका गाउँपालिका–३ डाडागाउँमा २०७१ सालमा स्वास्थ्य एकाइ स्थापना भएको थियो। तर भवन नबन्दा भाडाको साँघुरो कोठाबाट सेवा संचालन हुँदै आएको थियो।

    images

    सो वडाका वडाध्यक्ष मोतिप्रसाद बुढाले स्वास्थ्य एकाइ स्थापनाको ११ वर्षपछि सुविधायुक्त नयाँ भवन निर्माण गरेर सेवा सञ्चालन गरिएको बताए। उनका अनुसार रुमगाउँमा रहेको साविक रुम गाविसस्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक पर्ने डाडागाउँ, खटेन, औला, स्यागलुङ, इग्रे, सराग्दी गरी तीन सय बढी घरपरिवारले सो स्वास्थ्य एकाईबाट सेवा लिन सक्नेछन।

    स्थानीयका अनुसार स्वास्थ्य एकाइ आफ्नै भवनबाट सञ्चालन भएपछि सेवा प्रवाहमासमेत सहजता आएको छ।

    नयाँ बनेको भवनमा भुइँतलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल छ। यस्तै भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन्।

    सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु एक करोड ५९ लाख ८३ हजार ७७२ को लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरेको हो।

    आर्थिक वर्ष २०७९/८० र २०८०/८२ मा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको मालिका गाउँपालिकाका प्राविधिक शाखा प्रमुख दीपक सापकोटाले जानकारी दिए। चालु आर्थिक वर्षको बजेटबाट र फर्निचर व्यवस्थापन गरेर नयाँ भवन प्रयोगमा ल्याइएको हो।

    भवन परिसरमा चालु आर्थिक वर्षमा सङ्घीय सरकारको रु एक करोड विशेष अनुदानबाट बर्थिङ सेन्टर (प्रसूतिगृह) भवन निर्माणाधीन छ। भवनको दोस्रो तला ढलान सकिएको छ। सातवटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन्।

    डाडागाउँमा रहेको स्वास्थ्य एकाइमा पुगेर सेवा लिन अपायक पर्ने मालिका–३ मा पर्ने लुम्पीपार र पात्लेका बासिन्दाको लागि पात्लेमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको वडाध्यक्ष बुढाले बताए।

    वडा नं १ निस्कोटबाहेकको स्वास्थ्यचौकीको भवन निर्माण सकिएको छ। निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend