काठमाडौ। हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा सुत्केरी सेवा केन्द्र निर्माण थालेको छ।
पूर्व युवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्र शाहले शनिबार जुम्ला पुगेर सुत्केरी सेवा केन्द्रको शिलान्यास गरेकी छन। स्थानीयवासीको भब्य स्वागतकाबिचमा सो केन्द्रको शिलान्यास सम्पन्न भएको हिमनी ट्रस्टले बताएको छ।
हिमानी छोरा हृदयन्द्रसहित जुम्ला विमानस्थल पुग्दा उनलाई स्थानीयवासीले स्वागत गरेका थिए। हिमानी ट्रस्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो।
सो केन्द्रको निर्माणलाई मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक र भावनात्मक योगदानका रूपमा लिइएको छ।







