काठमाडौं। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ९ मण्डिखाटार एकता वस्तिमा महिलाहरुको पाठेघरको क्यान्सरको स्क्रीनिंङ शिविर सम्पन्न भएको छ।
थापाथलीथित परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल र जिल्ला समन्वय समिति काठमाडौंको संयुक्त आयोजनामा एकदिने पाठेघरको नि:शुल्क जाँच तथा स्क्रीनिंङ आयोजना गरिएको हो। सो शिविरमा १७० जनाले सेवा लिएका छन।
परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार १७० जनाको पाठेघरको स्क्रीनिङ गर्दा १२ जनाको पाठेघरमा केही समस्या देखिएको छ। समस्या देखिएकाहरुलाई थप परिक्षणका लागि प्रसुतीगृह बोलाइएको छ।
प्रसुतीगृहबाट खटिएका चिकित्सकहरुले महिलाहरूको पाठेघरको भीआइए टेस्ट र भिडियो एक्सरेमार्फत जाँच गरेका हुन।








