मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

निर्माण सम्पन्न भएर अलपत्र परेका ५७ आधारभूत अस्पताल सञ्चालनमा ल्याइँदै

निर्माण सम्पन्न भएर अलपत्र परेका ५७ आधारभूत अस्पताल सञ्चालनमा ल्याइँदै

images
२०८२ जेठ २२ गते, बिहिवार
२०८२ जेठ २२ गते, बिहिवार
  • काठमाडौं। श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन।

    images

    निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ। नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ।

    images

    मापदण्ड समेत अभाव देखिएकाले पाँच, १० तथा १५ शैय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पतालहरु सञ्चालनका मन्त्री पौडेलले सक्रियता देखाएका हुन। हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ।

    अब मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधी तथा रिएजेन्टस लगायतका अत्यावश्यक संशाधनको व्यवस्थापन गर्न मन्त्री पौडेलले कार्ययोजनाको तयारी अघि बढाएका छन्।

    यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन्।

    कार्यदलले संघ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत प्रष्टता ल्याउन सघाउनेछ।

    मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब एक अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरु सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend