काठमाडौं। पतन्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वत: निलम्बनमा परेको छ।
नेपाल विरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। मुद्दा दायर गरेसँगै अख्तियारले सांसद पद निलम्बनका लागि संसद सचिवालयलाई पत्र पठाएको हो। पत्र सचिवालयमा दर्ता भैसकेको छ।
अब सभामुखले सो पत्र संसदमा पढेर सुनाउँदै सांसदहरूलाई जानकारी गराउने छन।



