मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकमा निःशुल्क ओपीडी

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकमा निःशुल्क ओपीडी

images
२०८२ जेठ २० गते, मंगलवार
२०८२ जेठ २० गते, मंगलवार
  • काठमाडौं। के तपाईंलाई बारम्बार टाउको दुख्छ? बान्ता हुने या मुर्छा पर्ने समस्या छ? यदि यस्तो छ भने बेवास्ता नगरी चिकित्सकको परामर्श लिनुहोस्। यस्तो समस्या ब्रेन ट्युमरजस्तो गम्भीर रोगको लक्षण पनि हुन सक्छ। 

    images

    यस्तै स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा यही जेठ २४ गते वरिष्ठ न्यूरोसर्जनको टिमद्वारा निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ। 

    images

    अस्पतालले सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्रा. डा. राजीव झाको नेतृत्वमा निःशुल्क ओपीडी सञ्चालन गर्न लागेको हो। जसमा सिनियर कन्सल्टेन्ट न्युरोसर्जन डा. सुशीलमोहन भट्टराई, कन्सल्टेन्ट न्यूरोसर्जनहरु डा. नम्रता खड्का र डा. राजीव शाह तथा मेडिकल अफिसर डा. पंकज साहले पनि सेवा दिनेछन।

    निःशुल्क ओपीडी दिउँसो २ बजदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। सेवा लिन फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत नर्भिक अस्पतालले विभिन्न समयमा विभिन्न रोगको निःशुल्क ओपीडी र परामर्श सेवा सञ्चालन गर्दै आएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend