कैलाली। अछाममा विषालु च्याउ खाँएपछि तीन बालबालिका बिरामी भएका छन्।
अछाम जिल्लाको रामारोशन गाउँपालिका–७ सुतारका तीन बालबालिका विषालु च्याउ खाएपछि बिरामी परेका हुन।
विषालु च्याउ खाएपछि बिरामी हुनेमा तारा भण्डारीका छोरा करिब २ वर्षीय युवराज भण्डारी, छोरी ४ वर्षीया रितिका भण्डारी र सोही स्थानका चेतमान भण्डारीका ४ वर्षीय छोरा जीवन भण्डारी छन।
जिल्ला प्रहरी कार्यकाल अछामले घर वरपर खेल्नेक्रममा विषालु च्याउ खाएपछि उनीहरुको स्वास्थ्य अवस्था बिग्रिएको र हाल उपचार भैरहेको बताएको छ।
अहिले न्याय हेल्थ अस्पताल बयलपाटा, अछाममा ती बालबालिकाको उपचार भैरहेको र सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए।



