मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सिभिल अस्पतालमा १२ वर्षमा १२ सय बढीको घुँडाको जोर्नी प्रत्यारोपण, अब नयाँ प्रयोग

सिभिल अस्पतालमा १२ वर्षमा १२ सय बढीको घुँडाको जोर्नी प्रत्यारोपण, अब नयाँ प्रयोग

images
२०८२ जेठ १९ गते, सोमवार
२०८२ जेठ १९ गते, सोमवार
  • काठमाडौं। निजामती कर्मचारी अस्पताल अर्थात (सिभिल) अस्पतालमा १२ वर्षमा १२ सय भन्दा बढी ब्यक्तिले घुँडाको जोर्नीको प्रत्यारोपण गराएका छन।

    images

    अस्पतालले गत वर्ष अर्थात २०८१ सालमा मात्रै १ सय २९ जनाको घुँडाको जोर्नी प्रत्यारोपण गरेको हो। घुँडाको जोर्नी प्रत्यारोपणका लागि सिभिल अस्पताल भरपर्दो मानिंदै आएको छ।

    images

    सिभिल अस्पतालले परम्परागत रुपमा गर्दै आएको जोर्नी प्रत्यारोपण सेवालाई परिस्कृत गर्दै सोमबारबाट कम्प्युटर मार्फत नेभिगेसन प्रविधिबाट गर्न सुरु गरेको हो।

    नेपाल सरकारका मुख्यसचिव तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एकनारायण अर्यालले सोमबार 'नेभिगेसन सिस्टम फर नी आर्थोप्लाष्टी' सेवाको औपचारिक उद्घाटन गरेका हुन्।

    सो किसिमको नयाँ सेवाको उद्घाटन गर्दै मुख्यसचिव अर्यालले अस्पतालले सेवा विस्तारका क्रममा अन्यत्र नभएको नयाँ प्रविधिसहितको उपचार सेवाको सुरुवात गर्नु सुखद भएको बताए। उनले सो सेवा विस्तारपछि अस्पतालबाट विरामीले झनै उच्चस्तरको सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।

    अर्यालले सेवाबाट सन्तुष्ट भएकाहरूको रोजाइकै कारण अस्पतालले समेत सेवालाई परिस्कृत गरेको र थप नागरिकको सेवामा अस्पतालले आफ्नो उत्कृष्टता देखाउने बताए।

    अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले आफू निर्देशक हुँदा नै पेश गरेको कार्ययोजना अनुसार अस्पतालमा काम अगाडि बढाइरहेको जानकारी बताए। उनले आगामी दिनमा पनि अस्पतालमा थप नयाँ सेवा सुविधाहरुको विस्तार गरिने बताए।

    अस्पतालका अर्थोपेडिक सर्जन तथा घुँडा प्रत्यारोपण विशेषज्ञ डा सुमनबाबु मरहठ्ठाले कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडा प्रत्यारोपण गर्नु नेपालका लागि ऐतिहासिक रहेको बताए।

    उनका अनुसार सो प्रविधिको प्रयोगले घुँडा प्रत्यारोपण सेवालाई अझ प्रभावकारी बनाउने छ भने घुँडा खिइएका तथा बुढ्यौली लागेपछि समस्या देखिने ब्यक्तिहरुलाई यो सेवाबाट थप फाइदा पुग्नेछ।

    यसैगरी बिभिन्न चोटपटकलगायतक  कारण घुँडाको जोर्नी बिग्रिएका बिरामीहरुलाई समेत जोर्नी प्रत्यारोपणबाट लाभ मिल्ने छ। नेभिगेसन प्रविधि परम्परागत उपचार प्रविधिभन्दा निकै सहज र राम्रो हुने डा मरहठ्ठा बताउँछन।  

    उनले अस्पतालले विगत १२ वर्षदेखि घुँडा तथा जोर्नी प्रत्यारोपण गदैँ आएको र सो अवधिमा करिव १२ सयको हारहारीमा प्रत्यारोपण गरिएको जानकारी दिएका हुन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend