मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा सुर्तीजन्य पदार्थको सेवन विरुद्ध संकल्प

भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा सुर्तीजन्य पदार्थको सेवन विरुद्ध संकल्प

images
२०८२ जेठ १८ गते, आइतवार
२०८२ जेठ १८ गते, आइतवार
  • काठमाडौं। विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस नेपालमा बिभिन्न कार्यक्रम गरि मनाइएको छ।

    images

    ‘सुर्ती उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौँ यो मोहजाल’ भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मे ३१ का दिन नेपालमा पनि मनाइएको छ।

    images

    भक्तपुर क्यान्सर अस्पतालको आयोजना तथा बुढानीलकण्ठ नगरपालिकाको सहआयोजनामा बुढानीलकण्ठ मन्दिर परिसरमा शनिबार सुर्तीजन्य पदार्थ विरुद्ध र्याली, नाटक प्रदर्शन तथा संकल्प कार्यक्रम सम्पन्न भएको हो।

    सो कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थ सेवनको सामाजिक, आर्थिक र मानसिक असर गम्भीर रहेको उल्लेख गरे।

    `युवाहरू भविष्यका आधारशिला हुन्, तर उनीहरू नै यस्तो लतमा फस्दै गएका छन्, जुन उनीहरूको सम्भावनालाई नष्ट गरिरहेको छ। विद्यालय, क्याम्पस र समुदायका प्रत्येक तहबाट यसको विरुद्ध आवाज उठ्नुपर्छ´ स्वास्थमन्त्री पौडेलले भने।

    कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले सुर्तिजन्य पदार्थ सेवन आफु पनि नगर्ने र अरुलाई पनि नगर्न कार्यक्रममै संकल्प गराएका थिए।

    स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले राज्यका केही निकायहरू राजस्वको मोहमा यस्ता उद्योगहरूलाई अप्रत्यक्ष रूपमा सहजीकरण गरिरहेको उल्लेख गर्दै ती उद्योगहरूले नागरिकको स्वास्थ्यमा दीर्घकालीन असर पारिरहेको बताए।

    उनले नियमनका लागि ऐन रहेको, तर कार्यान्वयन कमजोर भएको भन्दै व्यक्तिगतदेखि सामुदायिक तहसम्म स्वास्थ्यप्रति उत्तरदायी व्यवहार अपनाउनु आवश्यक रहेको बताए।

    सरकार, नागरिक समाज, स्वास्थ्य क्षेत्र र शैक्षिक संस्थाबीच समन्वय गरी मात्र दीगो परिवर्तन सम्भव हुने डा. पौडेलले धारणा राखे।

    भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा उज्ज्वल पौडेलले सुर्तीजन्य पदार्थको सेवनबाट हुने असर न्यूनीकरण गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

    कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवनको असरले हुने जोखिम बारे सडक नाटकसमेत देखाइएको थियो भने त्यस अघि शनिबार बिहान बुढानिलकण्ठ मन्दिरबाट जनचेतनामूलक र्याली प्रदर्शन गरिएको थियो।

    शनिबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको नियमन, प्रयोगमाथिको नियन्त्रण तथा सचेतना फैलाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने चार पत्रकार सहित सात जनालाई पुरस्कृत गरेको थियो।

    विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवस सुर्तीजन्य पदार्थ र यसको उत्पादनविरुद्ध औपचारिक चेतनामूलक जनस्वास्थ्य अभियान हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend