मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुरु

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुरु

images
२०८२ जेठ १७ गते, शनिवार
२०८२ जेठ १७ गते, शनिवार
  • काठमाडौं। नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुरु भएको छ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा महाधिवेशनको उद्घाटन गरेका हुन।

    images

    महाधिवेशनमार्फत ९ सदस्यीय पदाधिकारी सहित ९९ जनाको केन्द्रिय समिति निर्वाचित हुने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष डा झलक गौतमले जानकारी दिए।

    उनका अनुसार महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न देशभरबाट ५०० भन्दा प्रतिनिधि काठमाडौं आएका छन।  हाल महासंघको केन्द्रीय कार्यसमिति १५१ सदस्यीय छ। जसमा पदाधिकारी मात्रै १७ जना छन।

    तर अब बन्ने नयाँ कार्यसमितिको आकार भने घटाइने अध्यक्ष गौतमले जानकारी दिए। उनका अनुसार अबको कार्यसमिति ९ जना पदाधिकारीसहित ९९ जनाको  हुनेछ।

    २०६२ जेठ २७ गते स्थापना भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल बिस्तार भएर २०७८ चैतमा भएको चौंथो महाधिवेशनपछि महासंघको स्वरुपमा छ। हाल महासंघसँग ८ वटा घटक रहेको छ।

    महासंघको संरचनामा अहिले ८ प्रदेश, ७१ जिल्ला, ५ विशेष जिल्ला, ८ घटक, २८७ स्थानीय कमिटि अन्य कमिटि गरी ४०० भन्दा बढी कमिटि छ। 

    महाधिवेशन आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिने छ। अध्यक्षमा डा झलक गौतम, उपाध्यक्ष रामहरि ढकाल, भीमराज सिंह र जगत नेपालीले अध्यक्ष पदमा उठ्ने घोषणा गरेका छन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend