काठमाडौं। सुर्तीजन्य पदार्थ विरुद्वको जनचेतना विस्तारमा सक्रिय रहेका चार पत्रकारसहित सात जना ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ बाट पुरस्कृत भएका छन।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चार जना पत्रकारसहित सात जनालाई सो पुरस्कार प्रदान गरेका हुन।
‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ बाट पुरस्कृत हुने पत्रकारहरुमा नेपाली हेल्थ डटकमका सम्पादक रामप्रसाद न्यौपाने, कल्पना आचार्य (हेल्थ टिभि अनलाइन), बुद्धि कटेल (मेडिकल पत्र), पुष्प राज चौलागाई (अनलाइन खबर) छन।
यस्तै डा तारासिंह बम (भाइटल स्ट्राटेजी), रूद्र कडरिया (क्यान्सर काउन्सिल नेपाल) र लक्ष्मीनारायण देवले सो पुरस्कार प्राप्त गरेका हुन्। पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ।
सो विशेष समारोहमा स्वास्थ्य सचिव डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंकप्रसाद बाराकोटी लगायत सहभागी थिए।
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्रि बितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुरयाएको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो।










