मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सम्पदाको संरक्षणमा मिडियाले निर्वाह गर्दै आइरहेको भूमिका महत्वपूर्ण : केसी

सम्पदाको संरक्षणमा मिडियाले निर्वाह गर्दै आइरहेको भूमिका महत्वपूर्ण : केसी

images
२०८२ जेठ १७ गते, शनिवार
२०८२ जेठ १७ गते, शनिवार
  • काठमाडौं। नेपाली कंग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले स्थानीय सम्पदाकाको   संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडिया र संघसस्थाले निर्वाह गर्दै आइरहेको भूमिका महत्वपूर्ण रहेको बताएका छन।

    images

    शुक्रबार राजधानीमा मिसन मिडिया क्लवले   आयोजना गरेको सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडिया, संघसस्थाको भूमिका विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै केसीले यहाँका  मुर्त वा अमुर्त सम्पदासँगै विविधता सहितको संस्कृति र रितिरिवाज आफैंमा बहुआयामिक रहको बताए।

    images

    नेता केसीले सबै किसिमका सम्पदाका अर्थात मौलिक संस्कृति,  कला, साहित्य, भाषा र संस्कृतिको संरक्षणमा सहकार्य सहितको पुस्तान्तरण आवश्यक रहेकोसमेत बताए।

    त्यसअवसरमा केसीले संस्थाले आयोजना गरेको एकहप्ते उद्घोषण तालिमका दुई दर्जन प्रशिक्षार्थीहरुलाइ  प्रमाणपत्र समेत वितरण गरेका थिए।

    कार्यक्रममा  नेपाल पत्रकार महासंघका  महासचिव रामप्रसाद दाहालले सम्पदा संरक्षणमा संस्थागत चासो देखाउँदै मिसन मिडिया क्लवे दिएको पहलकदमी निकै सकारात्मक रहको  बताए। महासचिव दाहालले मिडियाले  सम्पदा संरक्षणको  लागि मिसनै प्रारुपमा अभियान शुरु गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण गर्नु आवश्यक रहको बताए।

    काठमाडौं महानगरपालिका अन्तर्गतको हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमको सहकार्य तथा महानगर वडा नं १९ र विपद पत्रकारिता सञ्जालको समन्वयनमा आयोजित उक्त कार्यक्रममा लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदर दवाडीले सञ्चार सम्वद्ध संस्थाले स्थानीय सम्पदाको संरक्षण संगै पर्यटन प्रवर्द्धनका लागि लिएको चासो निकै अर्थपूर्ण रहेको बताए। उनले यसको  संरक्षणको लागि स्थानीय मिडियाले खेल्ने भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो।

    क्लवका अध्यक्ष श्रीजन झाले सम्पदा पहिचानसँग जोडिएको भन्दै पर्यटनको संभावना पनि बोक्ने जिकिर गरे।

    कार्यक्रममा काँग्रेस महासमिति सदस्यद्वय तेवेन्द्र शाक्य, प्राडा अमिता प्रधान, वरिष्ठ कलाकार शिवहरी नेपाल उद्घोषण विधाका प्रशिक्षक नरेश मल्ल, तालिमका प्रशिक्षार्थी एव् नेपाल औषधि थोक व्ययवसायी संघका अध्यक्ष गणेश नेपाल, ६७ वर्षिय प्रशिक्षार्थी बालमुकुन्द मूल्मी, काठमाडौं महानगर वडा नं १९ की सदस्य रञ्जिता परियार लगायतले धारणा राखेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend