काठमाडौं। नेपाल मेडिकल काउन्सिलले नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ।
काउन्सिलले गत गत जेठ १२ देखि १५ गतेसम्म लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ। जस अनुसार परीक्षामा कुल ७७.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।
परीक्षामा कुल २ हजार ९० जना परीक्षार्थीमध्ये २ हजार ७७ जना सहभागी भएका थिए। मेडिकल र डेन्टल दुवै कार्यक्रम अन्तर्गत परीक्षा संचालन गरिएको थियो।
जसमा मेडिकलतर्फ १ हजार ६११ मध्ये १ हजार ६०० जनाले परीक्षा दिंदा १ हजार २२६ जना उत्तीर्ण भए भने डेन्टलतर्फ ४७९ परीक्षार्थीमध्ये ४७७ जनाले परीक्षा दिएकोमा ३९४ जना उत्तीर्ण भएका छन्। परीक्षामा ४५७ जना अनुत्तीर्ण भएका छन्।



