मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वजेट : स्वास्थ्य बीमाको दोहोरोपना हटाउने नीति

वजेट : स्वास्थ्य बीमाको दोहोरोपना हटाउने नीति

images
२०८२ जेठ १६ गते, शुक्रवार
२०८२ जेठ १६ गते, शुक्रवार
  • काठमाडौ। सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको वजेटमा स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने नीति र योजना अघि सारेको छ।

    images

    अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा आगामी आर्थिक वर्षको वजेट वक्तव्य मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्व ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन। सो रकम मध्ये स्वास्थ्य बीमा कार्यक्रमका लागि रु. १० अर्ब विनियोजन गरिएको छ।

    images

    सरकारले वजेट मार्फत स्वास्थ्य बीमामा समस्याका रुपमा देखिएको दोहोरोपना हटाउने नीति लिएको हो। जस अन्तर्गत सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिने सरकारले योजना बनाएको हो।

    `स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिनेछ। यस सम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायरा विस्तार गरिनेछ। बीमितहरूको सुविधा थैली क्रमशः वृद्धि गर्दै लगिनेछ। सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिनेछ। बीमितहरूलाई फरक फरक पोलिसी छनौटको सुविधा उपलब्ध गराइनेछ। बीमा सुविधाको दुरूपयोग हुन नदिन दोहोरोपना हटाइनेछ, चुहावट नियन्त्रण र संस्थागत सुशासन कायम गरिनेछ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अति विपन्न तथा अल्पसंख्यक समुदायको बीमा सुविधालाई निरन्तरता दिइनेछ। स्वास्थ्य बीमा कार्यक्रमका लागि रु. १० अर्ब विनियोजन गरेको छु। साथै, हालसम्म बाँकी रहेको भुक्तानी दावी रकम तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षमा फरफारक गर्ने व्यवस्था मिलाएको छु।´ अर्थमन्त्री पौडेलले वजेट प्रस्तुत गर्दै भने।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend