काठमाडौं। सरकारले आगानी मंसिर १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको प्रयोग बन्द गर्ने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०८२/ ०८३ को वजेट प्रस्तुत गर्दै आगामी मंसिर १ गतेदेखि नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको प्रयोग बन्द गर्ने घोषणा गरेका हुन।
`प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा सम्वत् २०८२ मंसिर १ गतेदेखि लागु हुने गरी रोक लगाएको छु। हाल सञ्चालित उद्योगमा यस अनुरूपको गुणस्तर वृद्धि गर्न डाइ प्रतिस्थापनका लागि पुँजीगत अनुदान दिने व्यवस्था मिलाएको छु।´ अर्थमन्त्री पौडेलले वजेट प्रस्तुत गर्दै भने।



