मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

'ट्रमा एन्ड इन्जुरी लाइफ सपोर्ट' तालिमका लगि थाइल्यान्डका तीन डाक्टर नेपालमा

'ट्रमा एन्ड इन्जुरी लाइफ सपोर्ट' तालिमका लगि थाइल्यान्डका तीन डाक्टर नेपालमा

ट्रमा सेन्टरमा २४ डाक्टर तालिम लिंदै

images
२०८२ जेठ १५ गते, बिहिवार
२०८२ जेठ १५ गते, बिहिवार
  • काठमाडौं। ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्टका लागि नेपालमा नै पहिलोपटक चिकित्सकहरूका लागि विशेष तालिमको आयोजना गरिएको छ।

    images

    नेपालमा नै पहिलोपटक पाइल्ट प्रोजेक्टका रुपमा राष्ट्रिय ट्रमा सेन्टरमा 'ट्रमा एन्ड इन्जुरी लाइफ सपोर्ट' तालिम शुरु भएको हो। तालिमका लागि थाइल्यान्डको खोन केन अस्पतालका तीन जना ट्मा केयरका विज्ञ चिकित्सक नेपाल आएका छन। थाइल्यान्डबाट नेपाल आउनेमा डा रात्रवी पट्टनरत्तनमोली, डा वरिट वेरावताकुल र डा तवाचाई इम्पुल छन्।

    images

    राष्ट्रिय तालिम केन्द्रको सहयोगमा आयोजना भएको तालिमको नेतृत्व ट्रमा सेन्टरका एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर विभागका प्रमुख डा रुपेश कुमार यादवले गरेका छन्। 

    तालिममा पहिलो ब्याचका रुपमा २४ जना मेडिकल अधिकृत सहभागी भएको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. बद्री रिजालले जानकारी दिए। शुक्रबारसम्म संचालन हुने तालिमको बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए।

    तालिममा राष्ट्रिय ट्रमा सेन्टर तथा वीर अस्पतालमा कार्यरत मेडिकल अधिकृतहरु सहभागी छन्। यस्तै ग्राण्डी अस्पताल, धुलिखेल अस्पतालमा कार्यरत केही  चिकित्सक पनि तालिममा सहभागी भएको ट्रमा सेन्टरका  निर्देशक डा. रिजालले जानकारी दिएका हुन।

    दुर्घटना, विपद जस्ता भवितब्य घटनाहरुमा कसरी काम गर्ने भन्ने विषयमा तालिम केन्द्रित हुनेछ। फ्रन्टलाइनमा खटिने चिकित्सकलाई दिइने यो तालिमले आकस्मिक अवस्थामा मानिसको ज्यान जोगाउन ठूलो मद्धत गर्ने बताइन्छ। यो तालिम कुनै पनि दुर्घटनाका गम्भीर घाइतेलाई तत्कालै कुन तरिकाबाट सेवा दिने भन्ने नयाँ ज्ञान सहितको तालिम हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend