मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ महाधिवेशनको तयारी पुरा, केन्द्रीय समितिको आकार घट्यो

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ महाधिवेशनको तयारी पुरा, केन्द्रीय समितिको आकार घट्यो

images
२०८२ जेठ १४ गते, बुधवार
२०८२ जेठ १४ गते, बुधवार
  • काठमाडौं। नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने भएको छ।

    images

    आगामी जेठ १७ र १८ गते हुने पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ। सो बारे बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिइएको हो।

    images

    राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष डा झलक गौतमले महाधिवेशनको तयारी पूरा भएको र प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिए।

    उनका अनुसार महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न  देशभरबाट ५०० भन्दा प्रतिनिधि काठमाडौं आउदैछन। हाल महासंघको केन्द्रीय कार्यसमिति १५१ सदस्यीय छ। जसमा पदाधिकारी मात्रै १७ जना छन।

    तर अब बन्ने नयाँ कार्यसमितिको आकार भने घटाइने भएको अध्यक्ष गौतमले जानकारी दिए। उनका अनुसार अबको कार्यसमिति ९ जना पदाधिकारीसहित ९९ जनाको  हुनेछ।

    २०६२ जेठ २७ गते स्थापना भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल बिस्तार भएर २०७८ चैतमा भएको चौंथो महाधिवेशनपछि महासंघको स्वरुपमा छ। हाल  महासंघसँग ८ वटा घटक रहेको छ।

    महासंघको संरचनामा अहिले ८ प्रदेश, ७१ जिल्ला, ५ विशेष जिल्ला, ८ घटक, २८७ स्थानीय कमिटि अन्य कमिटि गरी ४०० भन्दा बढी कमिटि छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend