काठमाडौं। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा डिल्लीराम शर्मालाई ल्याएको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयमा रहेका सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको थियो।
उनको स्थानमा लोकसेवा आयोगमा सचिव रहेका शर्मालाई ल्याइएको हो। मन्त्रीपरिषद बैठकले सोमबार स्वास्थ्यसहित विभिन्न मन्त्रालयका चार सचिवहरुको जिम्मेवारी हेरफेर गरेको थियो।



