मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य महामारी रोकथामका लागि स्वास्थ्य मन्त्रीका ६ निर्णय

स्वास्थ्य महामारी रोकथामका लागि स्वास्थ्य मन्त्रीका ६ निर्णय

images
२०८२ जेठ १३ गते, मंगलवार
२०८२ जेठ १३ गते, मंगलवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् शुरु हुनु अघि नै आवश्यक पूर्व तयारी तथा रोकथामका लागि तयारी थालेको छ।

    images

    वर्षायाम शुरु हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी बैठक राखेर समयमै प्रतिकार्य तथा रोकथामका लागि विभिन्न छ निर्णय गरेका हुन्।

    images

    मन्त्री पौडेलले स्वास्थ्य अधिकारीहरुसमक्ष विपद् आइ सके पछि मात्र तात्ने परम्परा रोक्न समयमै सम्भावित समस्या पहिचान गरेर तयारीका साथ महामारीको स्थिति नियन्त्रणबाट बाहिर जान नदिनका लागि आवश्यक सबै सहयोगका लागि आफू तयार रहेको बताएका थिए।

    सोहीअनुसार विपद् प्रतिकार्य तथा महामारी  नियन्त्रणमा संलग्न स्वास्थ्य अधिकारीहरुसँग मन्त्री पौडेलले डाकेको बैठकले पूर्व तयारीको काम थालिहाल्ने निर्णय गरेको हो।

    अब महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार सम्भावित महामारी हुने स्थानको पहिचान गरी सरसफाई र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गर्नेछ।

    साथै, शुद्ध पानीको प्रयोगका लागि स्थानीय तहसम्मै प्रभावकारी सूचना सामग्री सम्प्रेषणका लागि समेत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले काम थाल्नेछ।

    मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तहका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरेर आवश्यक जानकारी संकलन तथा तयारी अघि बढाउनेछ।

    महाशाखाले सातै प्रदेशमा स्वास्थ्यजन्य विपद् नियन्त्रणका लागि तालिमप्राप्त व्यक्तिको विवरण अद्यावधिक गरेर आवश्यकताअनुसार खटाउने व्यवस्था गर्नेछ।

    यसैगरी, राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रिय/प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रसँग आवश्यक समन्वय गरी आवश्यक तयारी तथा प्रतिक्रियाका कामहरु समेत अघि बढाइने भएको छ।

    मन्त्री पौडेलको प्रतिबद्धताअनुसार संक्रामक रोग ऐन २०२० लाई बदलिंदो परिस्थिती तथा आवश्यकताअनुसार संसोधन गर्नका लागि समेत स्वास्थ्य सेवा विभागले एक साताभित्र आवश्यक तयारी गरेर मन्त्रालयमा पेश गर्ने समेत बैठकले निर्णय गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend