काठमाडौं। नेपालमा पछिल्लो एक महिनाको अवधिमा आगलागीबाट ११ जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्याल नक्सालका अनुसार गत बैशाख महिनामा मात्रै आगलागीका विभिन्न ६३४ वटा घटनामा परेर देशभर ११ जनाले ज्यान गुमाएका हुन।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बैशाख महिनामा मात्रै देशभर भएका घटनामा परेर ११ जनाको ज्यान गएको बताएका हुन। घटनामा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिकाले ज्यान गुमाएको थापाले जानकारी दिए।
सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएका छन। घाइते हुनेमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका छन्। एक महिनामा आगलागीबाट १५१ घर, १०१ गोठ र तीनवटा ससरकारी कार्यालयमा क्षति पुगेको छ। यस्तै आगलागीबाट १८९ पशुचौपायसमेत मरेका छन।
आगलागीका घटनाबाट २४ करोड १९ लाख ५९ हजार बढीको आर्थिक क्षति पनि भएको प्रहरीको तथ्याङ्क छ। यस्तै आगलागीबाट ११० परिवार विस्थापित भएका छन् भने एक महिनाको अवधिमा ६३४ वटा आगलागीका घटना भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रवक्ता थापाले आगलागीका घटनाका कारण वर्षेनी ठूलो भौतिक तथा मानवीय क्षति हुने गरेको भन्दै ब्यक्ति आफैं सचेत भए पनि घेरै घटना रोक्न सकिने बताए।



