काठमाडौ। सरकारले सोमबार अबेर बसेको मन्त्रीपरिषद बैठक मार्फत चार जना सचिवको सरुवा गरेको छ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले चार जना सचिवहरूको सरूवा गरेको एक मन्त्रीले जानकारी दिए।
जसअनुसार स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ। उनको ठाउँमा बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव महादेव पन्थलाई ल्याएको छ।
यस्तै शिक्षा मन्त्रालयका सचिव दिपक काफ्लेलाई उपराष्ट्रपतिको कार्यालयमा र उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ।



