मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विद्युत प्राधिकरण कर्मचारी युनियनको ३५औं वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविर

विद्युत प्राधिकरण कर्मचारी युनियनको ३५औं वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविर

images
२०८२ जेठ १२ गते, सोमवार
२०८२ जेठ १२ गते, सोमवार
  • काठमाडौं। नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ३५औं वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविर आयोजना गरिएको छ।

    images

    कर्मचारी युनियन बागमती प्रदेश समितिले काठमाडौ मेडिकल कलेज, सिनामंगलसँगको सहकार्यमा आयोजना गरेको एकदिवसीय नि:शुल्क स्वास्थ शिविरमा ३६० जनाले स्वास्थ्य परिक्षण गराएको युनियन बागमती अध्यक्ष अभिषेक चौहानले जानकारी दिए।

    images

    प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देब शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष रामकुमार थेवे विशेष अतिथिका रुपमा सहभागी थिए। यस्तै प्राधिकरणका निर्देशक तथा कर्मचारीहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

    युनियनका केन्द्रीय उपमहासचिव तथा प्रचार विभाग प्रमुख कपिल गौतमले सँधै काममा खटिने कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य शिविर आयोजना गरिएकोमा प्रदेश समितिलाई धन्यवाद दिंदै कार्यक्रममा समन्वयकारी भुमिका निर्वाह गर्ने अस्पताल, चिकित्सक लगायत सबैको निरन्तर सहयोगको अपेक्षा गरिएको बताए।

    शिविरका लागि काठमाडौं मेडिकल कलेज तथा मेडिकलका तर्फबाट प्रेम सुवालले समन्वयकारी भुमिका निर्वाह गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend