मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गृहमन्त्रीले राजीनामा नदिने कांग्रेसको निष्कर्ष, डा शेखरलाई स्पष्टीकरण सोध्ने

गृहमन्त्रीले राजीनामा नदिने कांग्रेसको निष्कर्ष, डा शेखरलाई स्पष्टीकरण सोध्ने

images
२०८२ जेठ १२ गते, सोमवार
२०८२ जेठ १२ गते, सोमवार
  • काठमाडौं। नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकमाथि सुनियोजित आक्रमण भएको भन्दै राजिनामा दिन नपर्ने निष्कर्ष निकालेको छ।

    images

    कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी तथा पुर्व पदाधिकारी बैठकले गृहमन्त्री लेखकमाथि सुनियोजित आक्रमण भएको  निष्कर्ष निकालेको हो।

    images

    कांग्रेसकै केही नेताहरू भने गृहमन्त्रीको राजिनामा माग गरिरहेका छन। तर पदाधिकारी बैठकले भने राजीनामा माग गर्ने नेताहरूलाई नै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत केही कर्मचारीले भिजिट भिसामा विदेश जाने  नेपालीहरुसँग मोटो रकम लिने गरेको उजुरी पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही कर्मचारीमाथि अनुसन्धान अघि बढाएको थियो। सोही प्रकरणमा गृहमन्त्री लेखकलाई जोडेर राजिनामा माग हुँदै आइरहेको छ।

    सोही विषयमा आज कांग्रेस पदाधिकारी बैठकमा नेताहरुले लेखकको कुरा सुनेपछि नियोजित रुपमा फसाउन खोजिएको निश्कर्ष निकालेका हुन।

    बैठकमा सहभागी पूर्वमहामन्त्री डा.शशांक कोइरालाले यस विषयमा अभिव्यक्ति दिने डा.शेखर कोइराला, राजेन्द्र बजगाईं र सुनील शर्मालाई स्पष्टीकरण सोध्न सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरिएको बताए। 

    'बैठकमा गृहमन्त्रीले आफ्ना कुरा सुनाउनुभयो, धेरै कुराहरू आएका छ्न, सुनियोजित रुपमा गृहमन्त्रीमाथि आक्रमण भएको भन्ने बैठकको निष्कर्ष हो, बैठकले गृहमन्त्रीले राजिनामा दिन नपर्ने निष्कर्ष निकालेको छ,´ पुर्वमहामन्त्री कोइरालाले भने।

    उनले बैठकमा पार्टीका नेताहरूले गृहमन्त्रीका बारेमा दिएका अभिव्यक्तिका विषयमा पनि कुरा उठेको बताए।

    `बैठकमा नेताहरुका अभिव्यक्तिका विषयमा पनि कुरा उठ्यो, डा शेखर, सुनिल शर्मा र राजेन्द्र बजगाइँलाई स्पष्टीकरण सोध्न बैठकमा प्रस्ताव आएको छ, उहाँहरूलाई पार्टीले स्पष्टीकरण सोध्नै पर्छ भन्ने मलाइ लाग्छ।´ कोइरालाले भने।

    डा शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने धारणा दिएका थिए। यस्तै शर्माले आफैं संसदमा राजीनामा माग गर्ने बताएका थिए भने बजगाईँले सभापति देउवालाई पत्र पठाएरै कार्वाही गर्न भनेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend